Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरबाट अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुईजना पक्राउ

धनगढी । अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् ।

अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक गोकुल मण्डल रहेका छन् ।

उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077