Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सभापति देउवा फर्केपछि मात्रै कांग्रेसले खाँणबारे निर्णय गर्ने

    सभापति देउवा फर्केपछि मात्रै कांग्रेसले खाँणबारे निर्णय गर्ने

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय कांग्रेसले तत्काल नगर्ने भएको छ ।

    सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा रहेका कारण पार्टीले तत्काल खाँणबारे निर्णय नगर्नै भएको हो ।



    पार्टीबाट खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति देउवा फर्केपछि मात्रै गर्ने कांग्रेस स्रोतले बतायो । सभापति देउवा असार ७ गते मात्रै सिंगापुरबाट फर्किने कार्यक्रम रहेको छ ।



    २७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापति देउवाले खाँण पक्राउ परेकै दिन वैशाख २७ मा पदाधिकारीसँग परामर्श गरेका थिए ।

    खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने गरी शीर्ष नेतामा फरक फरक तर्क आएपछि देउवाले वैशाख २८ मा वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठक डाकेका थिए ।

    उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए । खाँण थुनामा पुगेपछि समेत पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा कांग्रेसको कुनै धारणा आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार