Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको व्यंग्य - लिभिङ टुगेदर चलेकै छ त, समाजवादी मोर्चा किन !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चा एमाले विरुद्ध मुकाबिला गर्न बनाउन खोजेको बताएका हुन्।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘गठबन्धन सठबन्धन हुँदै गर्छ। गठबन्धनले मात्र नपुगेर एउटा समाजवादी मोर्चा चर्चा रहेछ। समाजवादी मोर्चा के का लागि भन्दा एमाले विरुद्ध मुकाबिला गर्नलाई रहेछ। त्यसका दुई वटा उद्देश्य छ एउटा एमालेविरुद्ध मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउने। समाजवादी मोर्चा बनाउँ त भनेर । समाजवादी मोर्चा बनाएर हुन्छ के ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेका छन्। लिभिङ टुगेदर त चलिरहेकै छ।’

ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताए ।

अध्यक्ष ओलीले यस्ता मोर्चाको आस वास्ता गरिरहनुनपर्ने भन्दै २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

राष्ट्रियता, सामाजिक न्याय, लोकतन्त्र र लोकतान्त्रिक राजनीतिक संस्कारको सवालमा एमाले अगाडि रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077