Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोनाल्डोको १९९ औँ खेलमा बोस्यिना–हर्जगोभिनामाथि पोर्चुगलको सहज जित

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको १९९ औँ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनामाथि सहज जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनालाई ३–० गोलले हराउँदै युरो २०२४ को छनोटमा आफ्नो विजयी यात्रा कायम राखेको हो ।

पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा बर्नाडो सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७७ औँ मिनेटमा फर्नान्डेजले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा फर्नान्डेजले अर्को गोल गर्दै टोलीलाई सहज जीत दिलाए । जीतसँगै समूह जीमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077