Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिविको जग्गामा गैरशैक्षिक र निजी क्षेत्रको हालीमुहाली

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ।

सिंगापुरको नान्याङ टेक्नोलोजी युनिभर्सिटी दुई सय हेक्टर (एक हेक्टरबराबर १९.६५ रोपनी हुन्छ) मा फैलिएको छ। त्यहाँ विश्वविद्यालयको एक विभागबाट अर्को विभागसम्म पुग्न सेट बस नै सञ्चालन गरिएको छ।

५० लाख जनसंख्या भएको एसियाको तेस्रो सानो देश सिंगापुरको उक्त विश्वविद्यालय दुई सय हेक्टरमा फैलिएर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ।

नेपालमा मुलुककै जेठो त्रिविको स्वामित्वमा ३ हजार ७ सय रोपनी जग्गा छ। तर, त्रिविले आफ्नो स्वामित्वमा भएको सबै जग्गा जगेर्ना गर्न सकेको छैन।

पदाधिकारीको उदासीनताका कारण त्रिविको रोपनीका रोपनी जग्गा गैरशैक्षिक सरकारी र निजी संस्थाले प्रयोग गर्दै आएका छन्। यसले विश्वविद्यालयको शैक्षिक गतिविधिमा नै असर पुगेको ठहरसहित विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रेका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077