Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटे दलहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन्।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी छलफल भइरहेको छ ।

असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन।

आइतबार बिहान समाजवादी मोर्चाबारे छलफल गर्ने शीर्ष नेताहरु बालुवाटार पुगेका छन्।

उनीहरुबीचको छलफल पश्चात समाजवादी मोर्चा मोडालिटी र घोषणालाई अन्तिम रुप दिइने बालुवाटार स्रोतले जनाएको छ।

कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ। यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077