Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उचित मूल्य नपाएको भन्दै कालीमाटी बजारमा फ्याँकियो गोलभेंडा

काठमाडौं । कालीमाटी तरकारी बजारका व्यापारीहरुले सडक किनारमा गोलभेँडा फालेका छन्।

मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्।

खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका छन् । काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन् ।

भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका छन् ।

समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको उनीहरुले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077