Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सोमबार समाजवादी मोर्चाको घोषणा गर्ने दलहरुबीच सहमति

काठमाडौं । स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी समाजवादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ ।

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सोमबार समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।

असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन। जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।

माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने समाजवादी मोर्चा संसदको तेस्रो निर्णायक शक्ति बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077