Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढी पहिरो पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गरियोस् : सांसद खड्का

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले पूर्वी पहाडी जिल्लाहरूमा केही दिनदेखि लगातार परेको वर्षाका कारण ठूलो विपत्ति भएको भन्दै उद्धार, राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्, पाँचथर लगायत पूर्वी पहाडमा वर्षाका कारण ठूलो  धनजनको क्षति भएको बताए ।

सांसद खड्काले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको जानकारी दिए ।

सो घटनामा परी खबौंको नोक्सान भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । सांसद खड्काले सो घटनाका परी बेपत्ता भएकाहरूको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरूलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077