Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अख्तियारका प्रमुख आयुक्त राईले भने – भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर भएन

    अख्तियारका प्रमुख आयुक्त राईले भने – भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर भएन

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 852
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारको एक्लो प्रयासले भ्रष्टाचार रोकथाम र नियन्त्रण नहुने बताएका छन् ।

    आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् । प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाए।



    प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका मुख्य निकाय नै सक्षम हुनुपर्नेमा जोड दिए ।



    प्रमुख आयुक्त राईले भने, ‘भ्रष्टाचार रोकथाम गर्ने हो भने प्रधानमन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, मन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, सचिवलाई ठिक ठाउँमा राख्नसक्नुपर्यो । सबै ठिक ठाउँमा भए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ । अहिले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ । भ्रष्टाचार रोक्न सबैभन्दा पहिलो दायित्व राज्य सञ्चालको हुन्छ ।’

    उनले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताउँदै सरकार, समुदाय सबैको उत्तिकै भूमिका हुने उल्लेख गरे ।

    अख्तियार कतिपय उजुरी रिसिवीको कारणले पनि आउने गरेको, कतिपय गोलमटोल तरिकाले पनि उजुरी आउने गरेको उनले बताए ।

    राज्यका निकायले जिम्मेवारी र जबाफदेहिता, काम, कर्तव्य र अधिकार सबैले पालना नगरेकोले भ्रष्टाचार बढेको प्रमुख आयुक्त राईको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार