Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अख्तियार प्रमुख राईले भने – टेरामक्स खरिद प्रकरणबारे केही समयमै रिजल्ट आउँछ

    अख्तियार प्रमुख राईले भने – टेरामक्स खरिद प्रकरणबारे केही समयमै रिजल्ट आउँछ

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको केही समयमा रिजल्ट आउने बताएका छन् ।

    सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् । प्रमुख आयुक्त राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको बताए ।



    केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी भइरहेको प्रमुख आयुक्त राईको भनाई छ ।



    प्रमुख आयुक्त राईले भने,’टेरामक्समा करिब बयान टुंगो लगाएको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ । केही समयमा रिजल्ट आउँछ । अन्तिम चरणमा छौँ।’

    टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो ।

    प्रमुख आयुक्त राईले सार्वजनिक जग्गा, प्रति जग्गामा मुद्दा लडेको पनि बताए । सार्वजनिक जग्गा अतिक्रमण बढ्दो देखिएको पनि उनको भनाइ थियो । त्यस्तै, आईटी, सूचना प्रविधिमा पनि अनुसन्धान भइरहेको उनको भनाइ छ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस, अडियो प्रकरणको पनि छानबिन भइरहेको उनको भनाइ थियो । अख्तियारले प्रमाणबिना कसैलाई पक्राउ नगर्ने पनि उनले स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार