Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भ्रष्टाचारले विकासलाई कमजोर बनाउँदै सरकारप्रतिको विश्वसनीयता घटाउँछ : प्रमुख आयुक्त राई

    भ्रष्टाचारले विकासलाई कमजोर बनाउँदै सरकारप्रतिको विश्वसनीयता घटाउँछ : प्रमुख आयुक्त राई

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 546
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार एउटा गम्भीर अपराध भएको बताएका छन् ।

    भ्रष्टाचार विरुद्दको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रको दशौँ सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।



    उनले भ्रष्टाचार एउटा गम्भीर अपराध भएको र यसले विकासलाई कमजोर बनाउँदै सरकार प्रतिको विश्वसनीयता घटाउने बताए । उक्त सम्मेलन भ्रष्टाचारविरुद्ध लड्न राज्यको सामूहिक सङ्कल्पको सङ्केत गर्ने महत्त्वपूर्ण क्षण भएको उनको भनाई छ ।



    प्रमुख आयुक्त राईले नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसङ्कल्पित रहेको र यसविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणको लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपाय अवलम्बन गरिएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार