Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अख्तियारका प्रमुख आयुक्त राईले भने – भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो, ठुला कारोबारको डिलिङ विदेशमै हुन्छ

    अख्तियारका प्रमुख आयुक्त राईले भने – भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो, ठुला कारोबारको डिलिङ विदेशमै हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले एउटाले भ्रष्टाचार गर्ने अर्कोले पैसा लिने परिपाटी बढेको बताएका छन् ।

    आज सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठको बैठकमा बोल्दै अख्तियार प्रमुख राईले यस्तो बताएका हुन् ।



    भ्रष्टाचारको स्वरूप फेरिएर ‘करप्सन एउटाले गर्ने तर, पैसा अर्कोले लिने’ परिपाटी आएको राईले बताए ।



    उनले भने– ‘भ्रष्टाचार एउटाले गर्छ तर, लेखनदासले पैसा लिन्छ ।’ लेखनदासले पैसा कहिले बाँड्छ भन्ने थाहा नहुने अख्तियार प्रमुख राईले बताए ।

    त्यस्तै, प्रमुख राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको समेत बताए । उनले भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भएको बताए । ठुला कारोबार सिंगापुर, हङकङ र युएईमा डिलिङ हुने गरेको राईको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार