Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अख्तियारका प्रमुख आयुक्त राईले भने – भ्रष्टाचार विरुद्ध लड्न संरचनात्मक चुनौती छन्

    अख्तियारका प्रमुख आयुक्त राईले भने – भ्रष्टाचार विरुद्ध लड्न संरचनात्मक चुनौती छन्

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 666
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनलाई सम्बोधन गरेका छन्।

    अमेरिकाको एटलान्टा शहरमा जारी भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौं सम्मेलनलाई प्रमुख आयुक्त राईले सम्बोधन गरेका हुन् । प्रमुख आयुक्त राईले नेपालको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।



    कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार एउटा गम्भिर अपराध भएको र यसले विकासलाई कमजोर बनाउँदै सरकार प्रतिको विश्वसनीयता घटाउने बताए । भ्रष्टाचार विरुद्ध लड्न राज्यहरूको सामूहिक संकल्पको सङ्केत गर्ने महत्त्वपूर्ण क्षण भएको प्रमुख आयुक्त राईको भनाई थियो ।



    उनले नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंकल्पित रहेको र यस विरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गरेको बताए । प्रमुख आयुक्त राईले नेपालले भ्रष्टाचार नियन्त्रणको लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपायहरु अवलम्बन गरेको बताए ।

    भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका प्रावधानहरु कार्यान्वयन गर्न नेपालले महत्त्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको प्रमुख आयुक्त राईको भनाई छ । प्रमुख आयुक्त राईले नेपालको संविधानले भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरेको बताए ।

    उनले सार्वजनिक पदाधिकारीहरू बिच निष्ठा कायम गर्न आयोग प्रतिबद्ध रहेको र आयोगको प्रयासको फलस्वरूप भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको दाबी गरे ।

    भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिको प्रभावकारी कार्यान्वयनको लागि कानूनको कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न र राज्यहरू बिच आपसी सहयोग संयन्त्र स्थापना गर्न प्रयासरत रहेको प्रमुख आयुक्त राईले बताए ।

    भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण रहेको प्रमुख आयुक्त राईको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार