Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाढीपहिरोका कारण ताप्लेजुङसँगको यातायात र सञ्चार सम्पर्क टुट्यो

    बाढीपहिरोका कारण ताप्लेजुङसँगको यातायात र सञ्चार सम्पर्क टुट्यो

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 774
    SHARES

    काठमाडौं । शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित भएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीपहिरोका कारण सडक र पुलमा  क्षति पुर्याउदा ताप्लेजुङसँग यातायात सेवा र सञ्चार सुविधा यातायात ठप्प भएको जानकारी दिए।



    मन्त्री ज्वालाले मेची राजमार्गमा पर्ने ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोला पुल पनि भत्किएको र तमोर करिडोरको बेलिब्रिज पनि बगाएपछि ताप्लेजुङ पूरै यातायातबाट सम्पर्कविहीन भएको बताए।



    बाढीपहिरो कै कारण विद्युत् लाइन पनि टुटेको जानकारी गराए । त्यस्तै, विभिन्न स्थानको बाटो र पुल भत्किँदा ५० करोड बराबरको क्षति भएको र १० दिनभित्र सक्ने गरी बेलिब्रिज निर्माणको काम थालिएको मन्त्री ज्वालाले बताए ।

    बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन समेत दिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार