Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप क्रिकेट छनोट : जिम्मेवाब्वेविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत टेस्ट राष्ट्र जिम्मेवाब्वेविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले विकेट नगुमाई १०० रनको आंकडा पूरा गरेको हो । यसक्रममा कुशल भुर्तेलले अर्धशतकीय योगदान गरेका छन् ।

यसक्रममा ६३ बलमा ८ चौकाको मद्दतले ५० रनको आंकडा छोएका कुशल ७८ बलमा ७६ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिइरहेका आशिफ शेखले ६६ बलमा ३३ रन जोडेका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरमा विनाविकेटको क्षतिमा १६२५ रन जोडेको छ । प्रतियोगितामा आफ्नो पहिलो खेल नेपालले बलियो घरेलु टोलीविरुद्ध खेलिरहेको हो ।

नेपालले यसपछि अमेरिका, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ । समूहका शीर्ष ३ टीमले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् । त्यहाँ शीर्ष २ भित्र पर्ने टीम विश्वकपमा छानिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077