Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

जिम्बाबेविरुद्ध आसिफ शेखको अर्धशतक पूरा

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आसिफ शेखले अर्धसतक बनाएका छन् ।

नेपाललका लागि उनले कुशल भुर्तेलसँगको साझेदारिमा ५० रन बनाएका हुन् ।

आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।

कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरिसकेका छन्। कुशल र आसिफले यसअघिको एक सय ३९ रनको कीर्तिमान तोडेका हुन्।

राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी राखेका थिए। आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पनि सर्वाधिक साझेदारीको कीर्तिमान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077