Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मंकीपक्स उपचारका लागि देशभर तोकिए १४ अस्पतालमा ‘फोकल पर्सन’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स रोगको उपचारका लागि देशभर १४ अस्पतालामा फोकल पर्सन तोकेको छ ।

मन्त्रालयका अनुसार मेची अस्पतालमा डा केशव दाहाल, कोशी अस्पतालमा डा सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा अतुलेशकुमार चौरसियालाई फोकल पर्सन तोकिएको छ।

त्यस्तै गण्डकी अस्पतालमा डा आनन्द नेपाल, भरतपुर अस्पतालमा डा शशी हिराचन, वीर अस्पतालमा डा निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा सर्वेन्द्र झा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा सुस्मिता प्रधान र सेती अस्पतालमा डा दिनेश शिवाकोटी फोकल पर्सन रहेका छन् ।

मंकीपक्स भाइरसबाट हुने ‘एमपक्स’ नेपालमा पहिलोपटक गत शुक्रबार ६० वर्षीया एकजना विदेशी महिलामा पुष्टि भएको थियो। उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077