Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डडेल्धुराको हगुल्टेमा भेटिएको विस्फोटक पदार्थ सेनाद्वारा डिष्पोज

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–१ रतनटुडास्थित महाभारत सामुदायिक वनमा विस्फोटक पदार्थ भेटिएको छ ।

आइतबार सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी र सुरक्षाफौजबीच पटक पटक भिडन्त भएको वन क्षेत्रमा खतरनाक विस्फोट पदार्थ भेटिएको हो ।

बाख्रा चराउन वनमा गएका स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त एट्टीवान (८१) मोर्टारको एक थान सेल सदरमुकाम नजिकै रहेको दह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले विस्फोटक पदार्थ डिष्पोज गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

सशस्त्र द्वन्द्वकालमा माओवादी वा सेनाले प्रयोग गरेको हतियार हुन सक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077