Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रदेश सांसद्लाई ओलीको निर्देशन : कोसीबाहेकको बजेटका गलत कुरा सच्याउने गरी विरोध गर्नू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसद्‍हरूलाई बजेटका गलत कुराहरूलाई सच्याउन बाध्य हुने गरी विरोध गर्न निर्देशन दिएका छन्।

आइतबार सातै प्रदेशका एमालेबाट निर्वाचित प्रदेश सांसद्‍हरूसँग भर्चुअल बैठकमार्फत सम्बोधन गर्दै बजेटका गलत कुराहरूलाई सच्याउन बाध्य हुने गरी विरोध गर्न निर्देशन दिएका हुन्।

बैठकमा सबै प्रदेशका पार्टी संसदीय दलका नेताहरूले आर्थिक वर्ष २०८०-०८१ का लागि प्रदेश सरकारहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटका विषयमा संक्षिप्त रिपोर्ट प्रस्तुत गरे ।

पार्टी प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्ति अनुसार अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिए ।

'अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोसी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ भन्नुभयो,' विज्ञप्तिमा भनिएको छ । कोसी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार रहेको छ ।

बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन ओलीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077