Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया नरोक्न माग गर्दै स्टक ब्रोकर एसोसिएसनले ओलीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । नयाँ स्टक ब्रोकर एशोसिएसन नेपालका पदाधिकारीहरुले आइतबार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्।

गत जेठ २९ गते अर्थ समितिले गरेको निर्णय खारेजको माग गर्दै उनीहरुले पूर्व प्रधानमन्त्री ओलीसँग भेटेका हुन्।

संसद्को अर्थसमितिको निर्देशनपछि कारोबार गर्ने तयारीमा रहेका नयाँ ब्रोकर कम्पनीहरूको बाँकी काम अवरुद्ध हुँदै आएको सन्दर्भमा पदाधिकारीहरुले ओलीसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।

एसोसिएसनका अध्यक्ष एवम् हिमालयन ब्रोकेजका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको समूहले उक्त ज्ञापन–पत्र बुझाएको हो ।

अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा अनियमितता भएको निष्कर्षका आधारमा अर्थ मन्त्रालयमार्फत नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई उक्त प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077