Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी नेपालमा बाढी पहिरो : चार जनाको मृत्यु, २८ अझै बेपत्ता

विराटनगर । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु भएको २८ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभा र भोजपुरमा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका ६ का ३० वर्षीय गणेश तामाङ, संखुवासभाको पाँचखपन गाउँपालिका–९ का २६ वर्षीय सन्तोष राई, भोजपुरको ट्याङकीमैयुं–८ का २५ वर्षीय मन्दिप राई छन् । पाँचथरको खालेलुङ–४ का ८ वर्षीय जुना साउदेनको भने खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना बेपत्ता भएका हुन् । बेपत्ता मध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077