Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खान भन्छन् - पाकिस्तानको भविष्यका लागि म यो देश छोड्दिनँ, जेल जान तयार छु

एजेनसी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूले कुनै पनि हालतमा देश नछाड्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले पाकिस्तानको भविष्यका लागि यस्तो गरिरहेको बताए ।

इमरान खानले आफू जेल जान तयार रहेको र पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफूले यस्तो गरिरहने बताए ।

उनले १९ जुनमा आफू इस्लामावाद जान लागेको जानकारी दिए । उनले १९ मुद्दामा जमानत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077