Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।

रास्वपाको मुख्यालयमा बिहान आठ बजेदेखि जारी बैठक बसिरहेको हो ।

बैठकमा पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ । रास्वपाले असार ७ गते स्थापना दिवस मनाउँदै छ ।

यस्तै आजको बैठकमा पार्टीले तयार पार्न लागेको राजनीतिक दस्तावेजमाथि पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077