Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

किसानले सडकमा गोलभेँडा फालेको फोटो राख्दै ओलीले भने - उत्पादनको उचित मूल्य नदिएसम्म अर्थतन्त्र बलियो हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजार मूल्य नपाएर किसानले सडकमा गोलभेँडा फालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

किसानले सडकमा गोलभेँडा फालेको फोटो राख्दै अध्यक्ष ओलीले किसानलाई उत्पादनको उचित मूल्य नदिएसम्म अर्थतन्त्रलाई बलियो बनाउन नसक्ने बताएका हुन् ।

ओलीले नेपालले करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेको अवस्था रहेको बताउँदै नेपाली कृषि उत्पादनले मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरे ।

अध्यक्ष ओलीले भने,‘किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुश्किल हुन्छ । कृषि उत्पादन खरिद सम्झौता हुनुपर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौं पनि । जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौं, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौं ।’

उनले किसानलाई उनीहरूको उत्पादनको उचित मूल्य र आम्दानी ग्यारेन्टी नभएसम्म कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसक्ने बताए । अध्यक्ष ओलीले उत्पादनको मूल्य नपाएर सडकमै फ्याक्नु पर्ने अवस्था आउनु दुस्खद भएको बताएका छन्।

आइतबार उचित भाउ नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेडा फ्याँकेका थिए। कालीमाटी तरकारी बजारमा ५ हजार क्रेट अर्थात् १२ हजार ५ सय किलो गोलभेंडा सडकमा फ्याँकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077