Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दस्तावेज पारित गर्न रास्वपाले गठन गर्‍यो १७ सदस्यीय समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको दस्तावेज पारित गर्न १७ सदस्यीय समिति गठन गरेको छ ।

सोमबार बसेको केन्द्रीय समिति र सांसदहरूको संयुक्त बैठकले समिति गठन गरेको हो ।

महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार आउँदो भदौ दोस्रो सातासम्म दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने तयारी छ । रास्वपाले भदौसम्म पार्टीको सैद्धान्तिक दस्तावेजमाथि छलफल चलाउने बताईएको छ ।

साथै यही असार ७ गते पार्टीको स्थापना दिवसका अवसरमा पार्टी कार्यालय बालाजुमा सार्ने निर्णय पनि गरिएको छ । उक्त दिन नयाँ कार्यालयमा चियापान कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077