Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बाढीको जोखिमबारे मनिष झाले मागे सरकारसँग जवाफ

काठमाडौं । राष्‍ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले विपद् जोखिम व्यवस्थापनबारे सरकारको जवाफ मागेका हुन् ।

जनता बाढी पहिरोले आतंकित भएको समयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने मोर्चा बनाउनमै व्यस्त भएको भन्दै उनले आक्रोश व्यक्त गरे।

सांसद झाले भने,'आज पहाड जोखिममा छ। भोलि तराई र मधेश जोखिममा हुनेछ। गृहमन्त्री र उहाँको तयारीका बारेमा जानकारी पाइरहेका छैनौं । शायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ।'

सांसद झाले बाढी पहिरोको क्षति न्यूनिकरण, उद्दार र राहतका सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउन माग गरे।

उनले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरु संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

सांसद झाले बाढी र पहिरोका कारण नागरिकहरुमा मरिन्छ कि भन्ने डर बढदै गईरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077