Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राजदूतले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोले, तत्काल फिर्ता बोलाऔं : प्रेम सुवाल

    राजदूतले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोले, तत्काल फिर्ता बोलाऔं : प्रेम सुवाल

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउन माग गरेका छन् ।

    सांसद सुवालले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर राजदूत शर्माले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।



    सांसद सुवालले भने,’भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु । अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो । तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्‍यो र स्पष्टीकरण सोध्नुपर्छ । राजदूतले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले भन्दा अघि असंलग्नताभन्दा अगाडि बढेर बोलिरहेको छ ।’



    राजदूत शर्माको अभिव्यक्तिलाई लिएर सरकारले अहिलेसम्म कुनै कदम नचालेको सुवालको भनाइ छ । सांसद सुवालले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले अभिव्यक्ति दिएको बताए ।

    कूटनीतिक मर्यादाबाहिर गएर राजदूत शर्माले अभिव्यक्ति दिएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले फिर्ता बोलाउन माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार