Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिंहदरबार कब्जा नगर्न प्रचण्डलाई सुवालको चेतावनी

    सिंहदरबार कब्जा नगर्न प्रचण्डलाई सुवालको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 384
    SHARES

    काठमाडौँ ।  नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन सुझाव दिएका छन् ।

    २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै सांसद  सुवालले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न  चेतावनीसमेत दिए ।



    सुवालले केही दिन अघिको नेताहरूको बैठकमा प्रचण्ड प्रधानमन्त्री  बनेको एक वर्षमै देशको अर्थतन्त्र ध्वस्त भएको स्पष्टोक्ती दिएका थिए । राणा शासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने उनले बताए ।



    सुवालले प्रधानमन्त्रीहरुसँग देश विकासको खाकै नरहेको बताए । अघिल्लो बैठकमा प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, ‘अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो ।’

    ‘अघिल्लो सरकारहरुले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नभए राजीनामा दिएर घर बसे भइहाल्यो नि !’ सुवालले भने । सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार