Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • संसदमा प्रेम सुवालले भने – सरकारी विदा धेरै भयो, एक चौथाई कटौती गरौं

    संसदमा प्रेम सुवालले भने – सरकारी विदा धेरै भयो, एक चौथाई कटौती गरौं

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 582
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले हाल रहेको सरकारी बिदामा एक चौथाइ कटौती गर्न माग गरेका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारी बिदा धेरै भएको जनगुनासो सम्बोधन गर्न तत्काललाई एक चौथाइ बिदा कटौती गर्न सरकार समक्ष माग राखेका छन् ।



    विकसित देशहरुमा भन्दा धेरै बिदा नेपालमा रहेको भन्दै उनले कटौतीको माग राखेका हुन् । सरकारले २ चैत २०७९ मा राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छ । जसमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती समेत समावेश छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार