Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिके राउतको चेतावनी- बजेट संशोधन नभए पास हुन दिँदैनौँ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले यस्तो चेतावनी दिएका हुन् ।

पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्ने उनको माग छ । एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरूको आवश्यकता नभएको भन्दै राउतले निर्वाचित भएर आएका सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने तर्क गरे ।

उनले सरकारले सांसदहरूका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरूलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह समेत गरे ।

यसअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077