Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसादविरूद्ध भ्रष्टाचार मुद्दा, ३ करोड बढी भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशकविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारले जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

अख्तियारले महानिर्देशक राजभण्डारीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको छ।

महानिर्देशक राजभण्डारीले हाल अवकाश पाइसकेका छन्। महानिर्देशक भण्डारीले महानिर्देशकको रूपमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

उनी २०५१/११/३० देखि २०७९/५/३१ सम्म सरकारी सेवामा रहेका थिए। अख्तियारले उनको आय पारिश्रमिक बचत आय, उनकी श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय र शेयर बिक्रीबाट प्राप्त आयस्रोतमाथि अनुसन्धान गरेको थियो।

त्यसक्रममा ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँमात्रै वैधानिक आय स्रोत खुलेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए । पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ जफत गरी जरिवाना र कैद सजायको माग समेत अख्तियारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077