Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश बदल्न सबै भन्दा पहिला कांग्रेस बदलिन आवश्यक छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगनकुमार थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा काँग्रेस दुर्घटनामा जाने बताए ।

काँग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली काँग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे । पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने महामन्त्री थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077