Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तनाव कम गरी सम्बन्ध सुधार गर्न सी जिनपिङ र एन्टोनी ब्लिन्केन सहमत

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको तनाव कम गरी सम्बन्ध सुधारमा जोड दिइएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटवार्तालाई सकारात्मक भएको बताएका छन् । सोही क्रममा ब्लिन्केनले दुई देशबीचको वार्ता अझै अगाडि बढ्न सक्ने संकेत गरे ।

भेटपछि ब्लिन्केनले भने, 'मैले बैठकमा जोड दिएँ कि आपसी मतभेदहरू समाधान गर्ने सबैभन्दा राम्रो उपाय भनेको दुई देश सम्पर्कमा रहनु र उच्च स्तरमा वार्ता गरिरहनु हो। त्यसैले त्यो प्रतिस्पर्धाले सङ्घर्षको रूप लिँदैन ।'

उनले भने, ‘हाम्रा चिनियाँ समकक्षीले पनि त्यही विश्वास गर्छन् । सम्बन्धमा स्थायित्व आवश्यक छ भन्ने कुरामा हामी दुवै सहमत थियौं।' अमेरिकी विदेश मन्त्रालयको विज्ञप्ति अनुसार यस भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, ‘दुवै पक्षले केही प्रगति गरेका छन् र दुई देशबीचका केही विषयमा दुई देशबीच सहमति भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुई दिने भ्रमणमा बेइजिङ पुगेका हुन् । चीनका राष्ट्रपतिसँगको उनको भेट यसअघि प्रस्तावित नभएको र त्यसको केही घण्टाअघि नै घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077