Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड-१९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।

नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड १९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ ।

आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२०/२०२१ मा क्रमशः औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077