Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले स्टक एक्सचेन्जको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ ।

मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।

धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किंदै गएपछि यस सम्बन्धमा छलफल गर्न संघीय संसद्को अर्थ समितिले आज बैठक डाकेको थियो ।

गत जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको अर्थ समितिले छलफलका लागि मंगलबार बैठक बोलाएको थियो।

समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसंग स्पष्टीकरण मागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077