Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ग्रामिण सडक सुधार आयोजनाका व्यवस्थापकसहित तीन जना घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामिण सडक सुधार आयोजना कार्यन्वयन ईकाइ दमकका आयोजना व्यवस्थापकसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले ईकाइका आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालयबाटै चार लाख घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरूले सडक निर्माणको अन्तिम भुक्तानी गराउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए।

उक्त सूचना पाएपछि अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरिएको अख्तियार का प्रवक्ता भोला दाहालले बताए ।

उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077