Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात, करण केसीले लिए तेस्रो विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी  खेलमा अमेरिकाले तेस्रो विकेट गुमाएको छ ।

नेपालका लागि तीव्र गतिका बलर करण केसी एक्लैले तीन विकेट लिएका हुन् ।  जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती तीन विकेट गुमाएको छ।

अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य र कप्तान आरोन जोन्स २ रनमा आउट भएका छन्। तीनै जनालाई नेपालका करण केसीले आउट गरे।

करणले १.५ ‌ओभरमा टेलरलाई एलबिडब्लूको धरापमा पार्दा १.६ ओभरमा मुकामालाई आरिफ शेखबाट क्याच गराए। यस्तै ७.५ ओभरमा जोन्सलाई करणले कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला अमेरिकाले ३ विकेटको क्षतिमा १४ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077