Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाविरूद्ध करण केसीको उत्कृष्ट बलिङ, एक्लैले लिए ४ विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी खेलमा अमेरिकाले चर विकेट गुमाएको छ । जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती चार विकेट गुमाएको हो ।

पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं विकेटमा लगातार विकेट लिएका छन् ।

अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भएका छन्। चारै जनालाई नेपालका करण केसीले आउट गरे।

करणले १.५ ‌ओभरमा टेलरलाई एलबिडब्लूको धरापमा पार्दा १.६ ओभरमा मुकामालालाई आरिफ शेखबाट क्याच गराए। यस्तै ७.५ ओभरमा जोन्सलाई करणले कुशल भुर्तेलबाट क्याच गराए।

यस्तै करणले १ रनमा आरिफबाट क्याच गराउँदै उत्कृष्ट बलिङको नमुना देखाए। त्यतिबेला अमेरिकाले ९.२ ‍ओभर ४ विकेट गुमाउँदा १८ रन बनाएको स्थिति थियो। अमेरिकाले १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077