Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री सवार जीप दुर्घटना

बझाङ । सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप बझाङको केदारस्युँ गाउँपालिका धारछडा भन्ने स्थानमा दर्घटनामा परेको हो।

दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077