Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब माथिको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार नेप्से घटेर बन्द भएको छ । बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ ।

लगानी, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अंकले घटेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।

२६८ वटा स्क्रीप्स कारोबारमा आएको मंगलबारको बजारमा एक करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबार रकमका आधारमा निफ्रा, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077