Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नागरिकता माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ३४ जना पक्राउ

काठमाडौं । नागरिकता माग गर्दै माइतीघरमा आन्दोलन गर्ने ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको माइतीघर मण्डलमा नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच भएको झडपका क्रममा ३४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसक्रममा आन्दोलनरत सरोज शाहले माइतीघरमै आत्महत्या प्रयास गरेका थिए । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ।

उपचारका लागि शाहलाई ट्रमा सेन्टर लगिएको छ। नागरिकता ऐन कार्यान्वयनमा लैजानुपर्ने माग राख्दै उनीहरूले आन्दोलन गरेका हुन्।

यही समूहले आज सर्वोच्च अदालत परिसरमा नारा जुलुस गरेको थियो। निषेधित क्षेत्रमा नारा जुलुस गरिएको भन्दै प्रहरीले ३४ जनालाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077