Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद बिक्री ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो ।

यता चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077