Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा अमरेशकुमार सिंहको प्रश्न - रविको मुद्दा एकैदिनमा फैसला हुने, अरूको वर्षौं लाग्ने ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नागरिकताको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

सांसद सिंहले भने, ‘त्यसबारे अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौं लाग्ने ?’

अदालतले पनि नागरिकतासम्बन्धी मुद्दालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्नेमा विलम्ब गरिरहेको उनको आरोप थियो।

सांसद सिंहले नागरिकलाई न्यायोचित व्यवहार गर्न सरकार चुकेको बताउँदै छिटोभन्दा छिटो कानुन बनाउन माग गरे ।

सांसद सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताए ।

उनले नागरिकता नपाएर माइतीघर मण्डलमा धर्नामा बसेका जन्मसिद्धका छोराछोरीमाथि दमन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077