Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद भण्डारीको प्रस्ताव - बजेट छुट्याएर एउटा क्रिकेट खेल मैदान बनाइदिऊँ न !

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेलमैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले देशलाई पहिचान दिने क्षेत्रको विकासका लागि खेलमैदान बनाउने विषयमा खुलेर अघि बढ्न सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘क्रिकेट ग्राउन्ड त बनाइदिऊँ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौँ भन्छौँ। एकैचोटि बनाइदिऊँ न । बजेट छुट्टयाइदिऊँ न तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ ।'

नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ठूलो अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गी बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077