Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद भण्डारीको प्रस्ताव – बजेट छुट्याएर एउटा क्रिकेट खेल मैदान बनाइदिऊँ न !

    सांसद भण्डारीको प्रस्ताव – बजेट छुट्याएर एउटा क्रिकेट खेल मैदान बनाइदिऊँ न !

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 621
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेलमैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले देशलाई पहिचान दिने क्षेत्रको विकासका लागि खेलमैदान बनाउने विषयमा खुलेर अघि बढ्न सरकारसँग माग गरेका हुन् ।



    उनले भने, ‘क्रिकेट ग्राउन्ड त बनाइदिऊँ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौँ भन्छौँ। एकैचोटि बनाइदिऊँ न । बजेट छुट्टयाइदिऊँ न तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ ।’



    नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए ।
    गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ठूलो अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गी बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार