Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालेनलक्षित मन्त्री शर्माको टिप्पणी – ‘स्टन्ट’ भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्छ

    बालेनलक्षित मन्त्री शर्माको टिप्पणी – ‘स्टन्ट’ भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 915
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै ‘स्टन्ट’ भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताएका छन् ।

    मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधवार सुनाउँदै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएरमात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताइन् ।



    ‘सेन्सर बोर्डले कुनै पनि चलचित्र चल्नुअघि सेन्सर गर्छ । सेन्सर बोर्डको नियमभन्दा विपरीत भयो भने त्यसलाई हामी सेन्सर गरेर मात्रै अनुमति दिन्छौँ । यो विषयमा पनि जेठ ३१ गते आदिपुरुष भन्ने चलचित्रमा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो ।



    सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो । चल्न दिने वा नदिने भन्नेमा सबैले आ–आफ्ना क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक हिसाबले हामी सबै एकै ठाउँमा छौँ । स्टन्ट, भावना र मनोविज्ञानमा खेल्नेभन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले भनिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार