Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लेखापरीक्षणका लागि दलहरुसँग आयोगले माग्यो प्रमाण पुग्ने कागजात माग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ।

राजनीतिक दलले बुझाएको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दै छ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राजनीतिक दललाई बुधबारदेखि तीन दिनभित्र आवश्यक कागजात आयोगमा पठाउन निर्देशन दिइएको छ। राजनीतिक दलसम्बन्धी ऐनबमोजिम आयोगले माग गरेको कागजात वा विवरण नदिएमा १० हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने छ।

आयोगमा आयव्ययको विवरण बुझाएका ९१ राजनीतिक दलसँग कागजात माग गरिएको छ। ८२ राजनीतिक दलले समयमै र नौ राजनीतिक दलले म्याद नाघेर आयव्ययको विवरण बुझाएका थिए। विज्ञ टोलीले आयोगमा विवरण बुझाएका सबै राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन जाँच्दै छ।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले दलको आयव्ययको विवरण अध्ययनका क्रममा टोलीले ‘बैङ्क स्टेटमेन्ट’ आवश्यक देखेकाले थप अध्ययनका लागि सो कागजात माग गरेको जानकारी दिए ।

आयोग स्रोतका अनुसार दललाई पठाइएको पत्रमा भनिएको छ, “२०७९ असार मसान्तसम्मको मौज्दात प्रमाणपत्र वा बैङ्क स्टेटमेन्ट र लेखापरीक्षकले प्रमाणित गरेको बैङ्क समायोजन विवरणपत्र प्राप्त भएको मितिले तीन दिनभित्र पेस गर्न अनुरोध छ।” गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077