काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।
जसपा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा समसामयीक राजनीतिक अवस्था, असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विधान महाधिवेशनको तयारीबारे छलफल हुनेछ ।
आज चारदलीय समाजवादी मोर्चामा पार्टी सहभागी भएको विषयमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका सदस्यहरूलाई ब्रिफिङ गर्ने तय भएको छ ।