Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध एक करोड ४२ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

९ फागुन २०४८मा सरकारी सेवामा प्रवेश गरेका यादवले ९ जेठ २०७९ मा अवकास पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा खरिददेखि छोरीहरु विदेश पठाउँदाको खर्च, शेयर सबै गर्दा ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ नब्बे पैसा खर्च तथा लगानी गरेको अख्तियारको ठहर छ।

जबकी उनको बैध आम्दानी १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा मात्र भएको अख्तियारको दाबी छ। यादवले १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ सम्पत्ति गैरकानूनी आर्जन गरेको अख्तियारले जनाएको छ ।

गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मंजुदेवी यादवको नाममा घरजग्गा, शेयर खरिद गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077